leading news portal from gandaki

क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा

गण्डकी खबर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन् ।

पारसले सामाजिक सन्जालमा प्रेस नोट जारी गर्दै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ,

समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन् ।

 

क्रिकेटर खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मिठो यादका रुपमा आफूसँग रहने भन्दै नेपाली

क्रिकेटलाई सबै मिलेर नयाँ उचाइमा पुर्‍याउने विश्वाससमेत व्यक्त गरेका छन् ।

सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गरेका पारसले लामो समय कप्तानी पनि सम्हालेका थिए ।

उनकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि ओडीआई मान्यतासम्म प्राप्त गरेको थियो ।

 

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस