leading news portal from gandaki

देशभर ३,३८३ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

गण्डकी खबर । पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ७१८ जनाको

आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ६३८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा

२ हजार ४४८ जना र ६ हजार ८० जनाको एन्टिजेन विधिबाट

परीक्षण गर्दा ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ६५ हजार ८१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर

१ हजार ९९४ जना निको भएर घर फर्किएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ६० हजार ११६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १६ हजार ७१८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म

कुल ३९ लाख ६४ हजार ९९७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २४ संक्रमितको मृत्यु भएको छ ।

अहिले सम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९२२ पुगेको छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस