leading news portal from gandaki

किरण बने, ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को बिजेता

गण्डकी खबर । किरण गजमेर चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को बिजेता बनेका छन ।

शनिबार साझ भएको द भ्वाइसको ग्राण्ड फिनालेमा पब्लिक भोट मार्फत उनि बिजेता भएका हुन् ।

बिजेता बने संगै उनले २५ लाख रुपैया नगद समेत पाएका छन ।

त्यस्तै फाइनलिस्टहरु बैदेशिक शोहरुमा समेज जान पाउने भएका छन ।

यस अघि सेमिफाइनलमा द भ्वाइसको फर्म्याट अनुसार चार कोचहरुबाट एक एक जना प्रतिभाहरु फाइनलका लागि छानिएका थिए ।

टिम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला राई फाइनलमा प्रवेश गरेका थिए।

टीम प्रमोदबाट सिक्किमका रवि गहतराजलाई उछिन्दै अमेरिकाबाट आएका किरण गजमेर फाइनलमा प्रवेश गरेका थिए ।

टीम राजुबाट काठमाडौका सोनाम शेर्पालाई उछिन्दै बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी थिइन् ।

त्यस्तै टीम दीपबाट बुटबलका गोविन्द पुनलाई उछिन्दै दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका थिए ।

एसएमएस र प्रभु पे मार्फत देश विदेशबाट एक साता गरेको भोटिङका आधारमा ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को बिजेता घोषणा गरिएको हो । श्रोत: साझा पेज

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस