leading news portal from gandaki

स्पेनलाई पराजित गर्दै ब्राजिलले जित्यो स्वर्ण: टोकियो ओलम्पिक

गण्डकी खबर । जापानको टोकियोमा जारी ओलम्पिक अन्तर्गतको पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलको यू– २३ टिमले जितेको छ ।

शनिबार जापानको टोकियोमा भएको फाइनल खेलमा स्पेनलाई

२–१ गोलले पराजित गर्दै ब्राजिलले स्वर्ण पदक जितेको हो ।

यसअघि ब्राजिलले नै रियो ओलम्पिक २०१६ मा पनि पुरुष फुटबलमा स्वर्ण जितेको थियो ।

६१ मिनेटमा स्पेनका मिकेल ओयार्जाबालले बराबरी गोल फर्काउन सफल भए ।

अतिरिक्त समयमा ब्राजिलका माल्कोनले गोल गरेका थिए ।

उनले १०८ मिनेटमा गोल गरेका थिए ।

त्यसअघि खेलको ३८ मिनेटमा ब्राजिलका रिचार्लीसन प्राप्त पेनाल्टीमा गोल गर्न असफल भएका थिए ।

उनको प्रहार क्रसबारमा लागेको थियो ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस