leading news portal from gandaki

महिला भलिबलमा अमेरिकालाई स्वर्ण: टोकियो ओलम्पिक

गण्डकी खबर । विश्वखेलकूदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकूदअन्तर्गत महिला भलिबल खेलमा

अमेरिकाले स्वर्ण पदक जितेको छ ।

जापानको टोकियोस्थित एरिए क एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल

खेलमा ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो ।

महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्णपदक हो ।

यसअघि अमेरिका तीन पटक फाइनलमा पुगे पनि रजत पदकमा चित्त बुझाउन बाध्य बनेको थियो । अमेरिकाले सन् १९८४,

२००८ र २०१२ मा रजत पदकमा चिक्त बुझाउनु परेको थियो ।

फाइनल खेलमा अमेरिका सन् १९८४ मा चीनसँग तथा २००८ र २०१२ मा ब्राजिलसँग पराजित भएको थियो ।

अमेरिकाले पहिलो सेटमा २५–२१ को सहज जित निकाल्यो । दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ को सहज जित निकाल्दै

विजयी हुन सफल भयो ।

त्यसअघि आज नै भएको अर्को खेलमा सर्वियाले कास्य पदक हात पार्यो । सर्वियाले दक्षिण कोरियामाथि ३–० को सोझो सेटमा

जित निकाल्दै कास्यपदक जितेको हो । सर्वियाले २५–१८, २५–१५ र २५–१५ को सोझो सेटमा जित निकालेको थियो । रासस

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस