leading news portal from gandaki

जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको मुख्य आकर्षण

गण्डकी खबर । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा सामान्य सुधार भए पनि जलविद्युत् समूहको शेयरमा आज उछाल देखिएको छ ।

कारोबार रकम रु १४ अर्बको हाराहारीमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १.५४ बिन्दुको सुधार आई तीन

हजार १०९.६६ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०५ ले ओरालो लागेर ५७५.९५ मा ओर्लेको छ ।

कूल २२५ कम्पनीको दुई करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर रु १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८८१ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको शेयरमा उछाल आएको छ । सो उपसमूहको शेयर ११९.५७ बिन्दुले बढेको छ ।

यस्तै, वित्त ९०.९१, निर्जीवन बीमा ३९, अन्य ८.४१, जीवन बीमा ४८.४ बिन्दुले सुधार आएको छ । बैंकिङ १२.०८, व्यापार ४३.८३,

होटल तथा पर्यटन ३७.६६, विकास बैंक ५३.१२, उत्पादन ५५.८२, लघुवित्त ५५.४४, सामूूहिक लगानी कोष ०.०६ र लगानी ०.६४ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको रु ६७ करोड ४८ लाख ५५ हजार ८६० बराबरको कारोबार भयो । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु

५८ करोड ९९ लाख ३९ हजार ५७०, अपि पावर कम्पनी रु ५३ करोड ८० लाख ६० हजार ५१३, सिनर्जी हाइड्रोपावर रु ५०

करोड ४५ लाख ३५ हजार ३८२ र युनाइटेड मोदी रु ४५ करोड ९० लाख ५७ हजार ८५७ बराबरको कारोबार भई शीर्ष स्थानमा छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस