leading news portal from gandaki

चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरिँदै

गण्डकी खबर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ ।

राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नीति पारित गरेको हो ।

आर्थिक वर्ष २०७७-७८ को मौद्रिक नीतिलाई धेरैले रुचाएका थिए भने कोरोना प्रभावित उद्योग, व्यवसायको प्रवर्द्धनका लागि स्पष्ट मार्गदर्शन गरेको अर्थका रुपमा लिइएको थियो ।

सोही पेरीफेरीमा रहेर नीति तय भएको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका गभर्नरसहितको एक समितिको बैठकले बिहीबार नै नीति तयार पारेको थियो ।

आजको सञ्चालक समितिको बैठकले त्यसलाई अन्तिम रुप दिएको हो ।

गत जेठ १५ गते मुलुकको आर्थिक नीति सार्वजनिक भएको थियो । मौद्रिक नीति हरेक वर्ष साउनको पहिलो साता सार्वजनिक

हुँदै आए पनि यसपटक सरकार परिवर्तनलगायतका कारणले केही समय ढिला हुन पुगेको हो ।

नीतिले कोरोना प्रभावित व्यवसाय तथा बैंक, वित्तीय क्षेत्रका लागि केही खास व्यवस्था गरेको बताइएको छ । रासस

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस