leading news portal from gandaki
pokhara internet

बेसीशहरमा हरेक सोमबार र बिहीबार कोभिडविरुद्धको खोप

लमजुङ, २० माघ। बेसीशहर नगरपालिकाले साताको दुई दिन कोभिड-१९ विरुद्धको खोप लगाउने भएकाे छ ।

१२ वर्ष माथिकाले हरेक साेमबार र बिहीबार जिल्ला अस्पतालमा खोप लगाउन पाउनेछन् । अभियान २४ माघबाट सुरु हुनेछ ।

पहिलो तथा दोस्रो मात्रा र बुस्टर डोज लगाउन छुटेकाहरुले खाेप लगाउन सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कँडेलले बताए । पहिलो मात्र खोप लगाउन जाँदा उमेर खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएकाे छ ।

दोस्रो मात्र खोप लगाउनेले भने पहिलो खोप कार्ड ल्याउनुपर्छ । बुस्टर डाेजका हकमा दुबै मात्र खोप लगाएको खोप कार्ड अनिवार्य गरिएको छ । बुस्टर डोज लिन दोस्रो खोप लगाएको ६ महिना पूरा भएको हुनुपर्नेछ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

पुराना सुनका गहना लोप हँुदै

By गण्डकी खबर / १८ माघ २०७७, आईतवार १३:२१ / 0 Comments

सिफारिस