leading news portal from gandaki
pokhara internet

प्रथम इन्डोर कर्पोरेट लिग फागुनमा

काठमाडौं, २६ माघ। हिमालयन स्पोर्टस म्यानेजमेन्टको आयोजनामा ‘प्रथम इन्डोर कर्पोरेट लिग’ (आइसीएल) क्रिकेट प्रतियोगिता हुने भएको छ । १८ फागुनदेखि सुरु हुने प्रतियोगिता ललितपुरको हात्तीवनस्थित हिमालयन क्रिकेट एकेडेमीको इन्डोरमा सञ्चालन हुने आयोजकले जानकारी दिएको हो । प्रतियोगिताको फाइनल २१ फागुनमा हुनेछ ।

चार दिनसम्म चल्ने प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । नकआउट पद्धतिमा हुने प्रतियोगितामा कुल २७ खेल हुने छन् । आयोजकका अनुसार प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टोलीले ४० हजार दर्ता शुल्क तिर्नुपर्ने छ । पुरस्कार राशी भने तोकिएको छैन ।

टी–१० फर्म्याटमा खेलाइने प्रतियोगिताको प्रत्येक टोलीले आठ पहिलो रोजाई र दुई विकल्प गरी १० खेलाडी राख्न पाउने छन् ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

पुराना सुनका गहना लोप हँुदै

By गण्डकी खबर / १८ माघ २०७७, आईतवार १३:२१ / 0 Comments

सिफारिस