leading news portal from gandaki

सैनिक दिवसमा पोखराका तीन संस्थामा खाद्यान्न सहयोग

गण्डकी खबर ।  महाशिवरात्रि अर्थात् सैनिक दिवसको अवसरमा मध्यकमाण्ड हेडक्वार्टर विजयपुरले मंगलबार पोखरामा विभिन्न संघ संस्थालाई खाद्यान्न सहयोग गरेको छ ।

पोखराको महतगौंडामा रहेको पोखरा वृद्धाश्रम, छोरेपाटनको मानव सेवा आश्रम र बुलौदी स्थित कोपिला नेपालमा पुगेर कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठसहितको टोलीले खाद्यान्न हस्तान्तरण गरेको हो ।

सैनिक दिवसको अवसर पारेर उक्त संघ संस्थामा आश्रित २७३ जनाको लागि एक लाख रकम बराबरको चामल, दाल, चना, तेल, चिनी लगायतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको सूचना अधिकारी प्रमुख सेनानी प्रेम प्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यसअघि दिवसका अवसरमा मंगलबार बिहान सहिदका आफन्तहरूको उपस्थितिमा कमाण्ड हाताभित्र वीर स्मारकमा माल्यार्पण तथा १० किलोमिटर हाइकिङको आयोजना गरिएको पौडेलले बताउनुभयो ।

सैनिक दिवस कै अवसरमा सोमबार साँझ कमाण्ड परिसरमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेलको प्रमुख आतिथ्यमा अन्तर्क्रिया तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

 

कार्यक्रममा नेपाली सेनाको सांस्कृतिक टोलीले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए भने गीतकार समेत रहनुभएका उपरथी श्रेष्ठको गीतलाई कलाकारले प्रस्तुत गरेका थिए । उपरथी श्रेष्ठकी सुपुत्री गायिका निलीमा श्रेष्ठले समेत आफ्नो प्रस्तुति दिनुभएको थियो ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

पुराना सुनका गहना लोप हँुदै

By गण्डकी खबर / १८ माघ २०७७, आईतवार १३:२१ / 0 Comments

सिफारिस