leading news portal from gandaki

सुकुम्वासीका समस्या समाधान गर्ने उम्मेदवार श्यामको प्रतिवद्धता

पोखरा,२७ कार्तिक । कास्की क्षेत्र नम्बर १ (ख) बाट गण्डकी प्रदेश सभा सदस्यका लागि एमाले उम्मेदवार वेदबहादुर गुरूङ ‘श्याम’ले सुकुम्वासीहरूका समस्या समाधान गर्ने प्रतिवद्धता बताएका छन् ।

आइतबार पोखरा १४ मा घरदैलो गर्दै उनले प्रदेश सांसद भएपछि सुकुम्वासीका समस्या अध्ययन गरेर स्थायी रूपमै ती समस्या समाधान गर्ने बताएका हुन् ।

उनले जनताको सेवाका लागि राजनीति गरेको बताउँदै जिम्मेवारीको भारी बोकेर जनतालार्ई सुखी बनाउने र अनुहारमा खुसी ल्याउने उल्लेख गरे ।

उम्मेदवार श्यामले गण्डकीमा पनि पृथ्वी सुव्बा नेतृत्वका सरकारले ३ वर्षमा जनताको पक्षमा र संघीयतालाई बलियो बनाउने आधार निर्माण गरेपनि गठबन्धन नेतृत्वले जनताको पक्षमा काम गर्न नसकेको बताए ।

उनले भने–‘गठबन्धन सरकारले २ वटा बजेट ल्यायो । तर, अहिलेसम्म जनताले अनुभूति गर्न सक्ने कुनै पनि काम गर्न सकेको छैन । उल्टो हिजो एमाले नेतृत्वले सुरु गरेका कामका व्याज खाएको छ,’ उनले भने, ‘सरकार भनेको जनताको पक्षमा काम गर्न बन्छ । तर, यो सरकार कार्यकर्तालाई जागिर दिने र सत्तामा कसरी टिक्ने भन्दा अरु ध्यान छैन ।’

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

पुराना सुनका गहना लोप हँुदै

By गण्डकी खबर / १८ माघ २०७७, आईतवार १३:२१ / 0 Comments

सिफारिस