leading news portal from gandaki

मगरबेशीका बासिन्दाको गुनासो- ‘मत पाएकाहरु सांसद र मन्त्री भए तर, हाम्रो पीडा सुनेन्’

पोखरा, २८ कात्तिक । पोखरा महानगरपालिका वडा नम्बर ३३ की ७४ वर्षीय विष्णु परियार आजकल कोही पुगेर मत दिने कुरा गरे भने भक्कानिन्छन् । भन्छिन्, ‘मेरो भुकम्पले भत्काइदिएको धन्सार बनाउन सकिन । राहत माग्न जाँदा धेरै ठाउँमा डुलाए । केही राहतपनि दिएनन् । घर अगाडिबाट बाटो लगे तर, बषौं हुँदापनि पिच गरेनन् । मोटर चल्छन् । बाटोको धुलो सबै भान्सामा पुग्छ । हामी रोगी भयौं मत पाएकाहरु सांसद र मन्त्री भए, उनीहरुलाई हाम्रो पीडा महसुस् भएन ।’

मगरबेँशीमा उनी मात्र होइन अन्य बासिन्दाको पनि यस्तै गुनासा छन् । उनीहरुले अब पहिले भोट दिएकालाई मत नदिने अठोट गरेका छन् । सोही ठाउँकी विमला परियारले अब जति नै गरेपनि पहिले भोट दिएकालाई नदिने आफूहरुको अठोटे सुनाइन् । ‘भोट माग्न मात्र आउने अनि भोट पाएपछि फर्केर नआउनेलाई किन मत दिने ? जति झुक्याउने झुक्याए अब हामीलाई झुक्याउन सक्नेछैनन् ।’ उनले भनिन्, ‘अब चिनेजानेको इमान्दार मान्छेलाई भोट दिने हो । धोका दिनेलाई होइन ।’

मत माग्दै पुगेका नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रीनाथ बराललाई स्थानीयले पुराना नेता भएकाले आफूहरुले विश्वास गर्ने तर धोका दिन नपाइने सर्त राखेका छन् । ‘पहिले जितेर गएकाले गरेनन् । तपाई हामीलाई इमान्दार हुनुहुन्छ भन्ने लागेको छ । फेरी धोका दिन पाउनुहुन्न । यो बाटो पीच गरिदिनुहोला । बोलेको कुरा पुरा गरिदिनुहोला । हामी तपाईलाई मत दिन्छौं’ बिमलाले भनिन्, ‘यहाँ वषौंदेखि हाम्रो आग्रह सुनेर यो बाटो नबनाउने । हाम्रा पीडा नसुन्ने अनि चुनावका बेला आएर कताकता रेल ल्याउने कुरा गरेका छन् । अब पनि हामीले तिनका कुरा पत्याएर भोट हाल्यौं भने सधैं यस्तै धोकामात्र पाउने हो । हामी अबपनि गल्ति गर्दैनौं ।’

उम्मेदवार बरालले विगतमा आफूसमेत आएर मत मागेको स्मरण गर्दै आफैले मत मागेर जिताएकाले धोका दिएकैले आफू उम्मेदवार भएको बताए । ‘यहाँ हजुरहरुसंग मत मागिदिन म पनि आएको थिएँ । जितेर गएकाले जनताको अपेक्षा सुनेनन् । विद्रोह गरेर अहिले गठबन्धनबाट उम्मेदवार बन्दै तपाईको घर दैलोमा आएको छु । अब तपाईहरुले मलाई मत दिँदा यसरी पछुताउनु पर्नेछैन । म मत पाएपछि पनि तपाईसंग आइरहनेछु । तपाईहरुकै कुरा संसदमा राख्नेछु र समस्या समाधान गर्नेछु । चुनावमा मात्र आउने अरु बेला हराउने मान्छे म होइन । यहाँहरुले विश्वास गर्नुहोस्’ उनले भने ।

बरालले उत्पिडित, सुकुम्बासी र पछाडि परेका समुदायका साथै समग्ररुपमा विकास र समृद्धिकै लागि उम्मेदवार बनेको बताए । कास्की क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार आफूहरुले साझा प्रतिवद्धता नै जनाएको उनले सुनाए ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

पुराना सुनका गहना लोप हँुदै

By गण्डकी खबर / १८ माघ २०७७, आईतवार १३:२१ / 0 Comments

सिफारिस