leading news portal from gandaki

पोखरा घर निर्माण गर्न अघि सर्यो महानगर

पोखरा घर निर्माणका लागि पोखरा महानगरपालिकाले पृथ्वी चोक स्थित साविक अस्थायी ट्राफिक कार्यालय रहेको स्थान खाली गर्ने कार्य सुरु गरेको छ । मङ्गलवार त्यस स्थानमा डोजर चलाइएको हो ।

२ रोपनी क्षेत्रफलमा निर्माण गरिने पोखरा घरमा सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी र घण्टाभरका लागि छुट्टा छुटै कक्षहरू निर्माण गरिनेछन् । त्यस स्थानमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय भने हङकङबजार भन्दा माथि आफ्नै भवनमा सरिसकेको छ ।

पोखरामा व्यवस्थित पुस्तकालय र ग्यालरीका लागि उपयुक्त स्थानको अभाव भइरहेको अवस्थामा महानगरपालिका आफैले आफ्नो भवन निर्माण गरी त्यसलाई व्यवस्थित गर्ने योजना बनाइरहेको वडा नं. ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताउनुभयो । पर्यटकका लागि सूचना केन्द्र र आकर्षक घण्टाघर समेत निर्माण गरिने उहाँले बताउनुभयो ।

हाल डीपीआर निर्माणको काम भइरहेको पोखरा घर २ वर्षभित्र निर्माण गर्ने महानगरपालिकाको योजना रहेको छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

पुराना सुनका गहना लोप हँुदै

By गण्डकी खबर / १८ माघ २०७७, आईतवार १३:२१ / 0 Comments

सिफारिस