leading news portal from gandaki

सन्दीपमाथिको निलम्बन फुकुवा

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । मंगलबार भएको नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको हो ।

पोखरामा भएको बैठकले लामिछानेलाई क्रीकेटमा फर्किन बाटो खुला गरेको हो । तर सन्दीपविरुद्ध आजै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको छ । कार्यालयले सन्दीपलाई थुनामै राख्नुपर्ने मागसहित निवेदन दिएको हो ।

निवेदनमा थुनामा नराखी नहुने के अवस्था पर्‍यो भनेर उच्च अदालतलाई प्रश्न गरिएको छ । त्यसैगरी शारीरिक, मानसिक तथा सामाजिक प्रतिकूल अवस्थामा समेत पीडितले उजुरी दिएकाले परिस्थितिलाई समेत नजरअन्दाज गरी उच्च अदालतबाट भएको आदेश बदर हुनुपर्छ भनेर पनि उल्लेख गरिएको छ ।

लामिछाने २० लाख धरौटी राखेर पुस २९ मा रिहा भएका थिए । यता आजै नेपाल टिट्वान्टीको आयोजना गरेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग भएको सम्झौता रद्द भएको छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

पुराना सुनका गहना लोप हँुदै

By गण्डकी खबर / १८ माघ २०७७, आईतवार १३:२१ / 0 Comments

सिफारिस