समाचार

मोटरसाइकल र ट्याक्सी चालकका रुपमा अब दुबई र कतार जान नपाइने

वैदेशिक रोजगार विभागले अब बाइक राइडर र ट्याक्सी ड्राइभरका रुपमा दुबई र कतार जान पूर्वस्वीकृति नदिने भएको छ ।

विभागले आज एक सूचना जारी गर्दै बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा दुबई र कतार जाने श्रमिकहरु समस्यामा परेको, न्यूनतम तलब प्राप्त गर्न नसकेको कारणले गर्दा श्रमिक पठाउन सुरक्षित नदेखिएको जनाएको छ । यसैगरी सहज रुपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन हुनुपरेको र अधिकांश श्रमिक धेरै पटक ट्राफिक कारवाहीमा परी ठूलो जरिवाना तिर्नु पर्नु परेका कारण पनि उक्त निर्णय लिइएको जनाएको छ ।

सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासन सम्बन्धी ज्ञान र अनुभवको कमीले गर्दा दुर्घटनासमेत हुने गरेको हुँदा ती स्थानमा श्रमिक पठाउन सुरक्षित नभएको उल्लेख गरिएको छ । सूचनाका अनुसार अब अर्को निर्णय नभएसम्म बाइक राइडर र ट्याक्सी ड्राइभर पदको पूर्वस्वीकृति दिइने छैन ।

साथै ती पदहरुको मागपत्र प्रमाणीकरण नगर्न कतार र दुबई स्थित नेपाली दूतावासमासमेत अनुरोध गरेको जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button