नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका छन् ।
हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख रहेका सिंहले बुधबार कार्यालय पुगेर राजीनामा दिएका हुन् । बढुवाको मुखमा जन्ममितिको विवाद उठेपछि सिंहले राजीनामा दिएका हुन् । सिंह एआईजीको बढुवा दौडमा रहेका थिए । सिंहको शैक्षिक प्रमाणपत्र र उनले पेश गरेको नागरिकताको प्रमाणपत्रमा नागरिकताको मितिमा फरक देखिएको छ ।
प्रहरी प्रधान कार्यालयबाटै आन्तरिक छानबिन चलिरहेका बेला सिंहले राजीनामा दिएका हुन् ।