leading news portal from gandaki

जहाजमै क्याबिन क्रुलाई मुक्का हानेर थुकेपछि…

उडिरहेको जहाजमै क्याबिन क्रुलाई मुक्का हानेर थुकेपछि एक इटालियन महिलालाई सिटमै बाँधेर राखिएको छ ।

भारतीय वायुसेवा कम्पनी विस्तारा एयरको हवाईजहाजमा अबुधाबीबाट मुम्बई आउने क्रममा उक्त घटना घटेको हो । एयरलाइन्सका अनुसार ती महिलाले जहाजभित्र लगातार अभद्र र उग्र व्यवहार देखाएकी थिइन् । सर्वप्रथम उनले आफ्नो इकोनिमी क्लासको सिट फेरेर बिजनेश क्लासमा जान प्रयास गरेकी थिइन् । त्यसपछि शुरु भएको झैझगडाका क्रममा उनले विमानका एक स्टाफलाई मुक्का प्रहार गरेकी थिइन् भने अर्का एक जनामाथि थुकेकी थिइन् ।

उनलाई मुम्बई विमानस्थलमा अवतरण गरेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरी अधिकारीहरु ती महिलाले मादकपदार्थ सेवन गरेको बताएका छन् । उनलाई पछि जमानतमा रिहा गरिएको थियो । ती महिलाको वकिलले भने उनलाई इकोनिमी क्लासको सिटमा बस्न अप्ठ्यारो भएर बिजनेश क्लासमा जान खोजेको बताएका छन् ।

वकिलका अनुसार ती महिलालाई ट्वाइलेट जानसमेत रोक लगाइएको थियो । एयरलाइन्सले भने टर्बुलेन्सका कारण उनलाई रोकिएको र पछि जान दिइएको बताएको छ । भारतमै अघिल्लो महिना एक यात्रुले अर्की महिला यात्रुमाथि पिसाब फेरिदिए पछि पक्राउ परेका थिए ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

पुराना सुनका गहना लोप हँुदै

By गण्डकी खबर / १८ माघ २०७७, आईतवार १३:२१ / 0 Comments

सिफारिस