leading news portal from gandaki

पोखरा-लेखनाथ प्रसारण लाइनको क्षमता अभिवृद्धि हुँदै, यी स्थानमा विद्युत कटौती हुने

आजदेखि पोखरा-लेखनाथ १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि आयोजनाको काम हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण प्रसारण निर्देशनालय अन्तर्गतको ग्रीड सञ्चालन विभागले उक्त प्रसारण लाइनमा रहेका कण्डक्टर बदली कार्य गर्न लागेको जनाइएको छ । यसका लागि पोखरा महानगर विभिन्न स्थानमा विद्युत कटौती हुने प्राधिकरणको लेखनाथ वितरण शाखाले जानकारी दिएको छ । सूचना अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म ११ केभी लाइन सटडाउन गरी कण्डक्टर बदल्ने काम हुनेछ ।

विद्युत कटौती हुने स्थानमा कालिका फिडरको अर्घौचोकदेखि जलधारेसम्म, बुढीबजार फिडरको सबै स्थान, खैरेनी फिडरको सबै स्थान र बेगनास फिडरको पौरखेदेखि हंसपुरतर्फ बाहेक सबै स्थान रहेका छन् । मौसम अनुकुल नभएमा क्षमताको अभिवृद्धिको काम नहुने पनि सूचनामा उल्लेख गरिएको छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

पुराना सुनका गहना लोप हँुदै

By गण्डकी खबर / १८ माघ २०७७, आईतवार १३:२१ / 0 Comments

सिफारिस