leading news portal from gandaki

आजको मौसम : पहाडी भूभागमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागको मौसमी बुलेटिन अनुसार अहिले बिहानीपख देशका पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखी सामान्य बदली रहने विभागले जनाएको छ ।

यसैगरी देशका बाँकी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ भने देशका पहाडी भूभागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

देशको पहाडी भूभागका केही जिल्लामा आउन सक्ने हावाहुरीलगायत मौसमका सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन पनि विभागले अनुरोध गरेको छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

पुराना सुनका गहना लोप हँुदै

By गण्डकी खबर / १८ माघ २०७७, आईतवार १३:२१ / 0 Comments

सिफारिस