leading news portal from gandaki

पोखराको चिप्लेढुङ्गामा नगरबसले ठक्कर दिँदा युवतीको मृत्यु

पोखरा, ०३ चैत । पोखराको चिप्लेढुङ्गामा नगरबसले ठक्कर दिँदा युवतीको मृत्यु भएको छ ।

शुक्रबार बिहान ७ः१५ बजे सिद्धार्थचोकबाट न्यूरोडतर्फ आउँदै गरेको ग १ ख ७१०८ नम्बरको पोखरा नगरबसले ग १८ प ९९८९ नम्बरको स्कूटरलाई ठक्कर दिएको थियो । घटनामा झापाको दमक नगरपालिका वडा नं. ४ घर भएकी २४ वर्षीया दीक्षा कार्कीको घटनास्थल मै ज्यान गएको हो । उनी पोखरा-५ पर्स्याङ बस्दै आएकी थिइन् ।

प्रहरीले नगरबस र चालकलाई नियन्त्रणमा लिई  अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

पुराना सुनका गहना लोप हँुदै

By गण्डकी खबर / १८ माघ २०७७, आईतवार १३:२१ / 0 Comments

सिफारिस