leading news portal from gandaki

वरिष्ठ कार्टुनिस्ट वात्स्यायनको पोखरामा रथारोहण

पोखरा, ०४ चैत । कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई पोखरामा नागरिक अभिनन्दनसहित रथारोहण गरिएको छ।

पोखरामा जन्मिएर कलाकारिता क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको सम्मानस्वरुप बराल ८० वर्ष पूरा भएको अवसरमा शनिबार रथारोहणसहित अभिनन्दन गरिएको हो।

पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा कलाकार बरालको निवास पोखरा, नदीपुरबाट सुरु भएको रथारोहण कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरसम्म पुगेर अभिनन्दन कार्यक्रममा परिणत भएको थियो।

पोखरेलीहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको रथारोहण कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठसँगै, गायिका हरिदेवी कोइराला लगायतका साहित्यकार, कलाकार, सामाजिक व्यक्तित्वहरु सहभागी भएका थिए।

कलाकार वात्स्यायन कार्टुन सिर्जनामा अग्रणी मानिने बरालको जन्म वि.सं. १९९९ चैत ५ मा आर्बामा भएको हो । व्यङ्ग्यचित्रका माध्यमबाट राजनीति र नेपाली समाज भित्र रहेका विकृति, विसंगतिहरुलाई केलाउँदै आफूलाई उच्च स्थानमा उभ्याउन सफल भएका बराल जगदम्बा श्री, प्रबल गोरखा दक्षिणबाहु चौथो, राष्ट्रिय प्रतिभा पुरस्कार, अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, शिरोमणि पुरस्कार, हाँस्ने पुरस्कार, वासुदेव लुइँटेल लगायतका दर्जनौ पुरस्कारबाट पुरस्कृत तथा सम्मानित भएका छन् ।

करिव ५० वर्ष अगाडि नयाँ सन्देश साप्ताहिक मार्फत कार्टुन प्रकाशन गर्न सुरु गरेका बरालका कार्टुन पछिल्लो समय कान्तिपुर दैनिकमा प्रकाशित हुदै आएका छन्।

तस्बिर : परिवर्तन

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

पुराना सुनका गहना लोप हँुदै

By गण्डकी खबर / १८ माघ २०७७, आईतवार १३:२१ / 0 Comments

सिफारिस