गण्डकीबागलुङसमाचार

बागलुङमा ट्रयाक्टरले थिच्दा युवकको मृत्यु

बागलुङ, २२ चैत । बागलुङमा ट्रयाक्टर दुर्घटनामा परेर एक युवकको ज्यान गएको छ ।

गलकोट नगरपालिका–११ रिघा मनेवामा गएराति भएको दुर्घटनामा पूर्वी नवलपरासी घर भएका २३ वर्षीय दिपेश सलामीको मृत्यु भएको हो ।

बडिगाड–२ खर्बाङ बजारबाट गलकोट–३ हटियाबजार आउँदै गरेको ध१त ६०९ नं.को ट्रयाक्टर पल्टिएर थिच्दा मनेवा मामाघर आएका सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

मध्यपहाडी लोकमार्गदेखि १५ मिटर तल स्थानीय होमबहादुर सिंजालीको घरमाथि खसेको खसेको ट्रयाक्टरले च्यापिँदा घाइते भएका सलामीको तत्काल उद्धार गरिएको भएपनि घटनास्थल मै मुत्यु भएको प्रहरी निरीक्षक राजाराम खड्काले बताए ।

ट्रयाक्टर चालक गलकोट–९ का २३ वर्षीय डिक्सन पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button