पोखरा, २३ जेठ । पोखराको फेवातालमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
पोखरा महानगरपालिका १८ स्थित वाटरफ्रन्ट र गैह्राको चौताराको बीच भागमा पर्ने फेवातालमा तैरिएको अवस्थामा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको कास्की प्रहरीले जनाएको छ ।
हिजो साँझ ६:३० बजेको समयमा मृत भेटिएका पुरुषको हालसम्म सनाखत हुन नसकेको कास्की प्रहरी प्रवक्ता, डीएसपी श्रवण कुमार विकले जानकारी दिए ।
मृतकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल राखिएको प्रहरीले जनाएको छ ।
निम्न हुलिया भएको व्यक्तिलाई चिन्नुहुनेले सम्पर्क गरिदिन प्रहरीले आग्रह समेत गरेको छ ।