कास्कीमा क्यानोनिङ गर्ने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ ।
पोखरा महानगर-२६ बुढीबजार बस्ने २२ वर्षीया अन्जिता भण्डारीको माछापुच्छ्रे गाउँपालिका-९ घलेल स्थित रहेको पोखरा क्यानोनमा क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु भएको हो । साउन १० गते करिब ३:५० बजे झरनाबाट झर्ने क्रममा अचानक लडेर घाइते भएकी भण्डारीलाई उपचारका लागि माणिपाल अस्पताल लगिएको थियो ।
उनको उपचारका क्रममा बुधबार ४:५० बजे चिकित्सकले मृत घोषित गरेका थिए ।