अर्थ व्यापारदेश/समाजमुख्य खबरसमाचार

फेरी घट्यो पेट्रोल र डिजेलको भाउ, कति पर्छ अब ?

पाेखरा। नेपाल आयल निगमले इन्धनको मूल्य फेरी घटाएको छ ।

निगमको शनिबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर दुई र डिजल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

त्यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ ।

घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

त्यस्तै निगमले एलपी ग्याँसको खरिद मूल्यमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भए पनि हाललाई मूल्य यथावत राखेको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १ सय ६३ र डिजल तथा मट्टीतेलको प्रति लिटर १ सय ५४ रुपैयाँ पर्ने भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button