मनोरञ्जनसमाचार

पोखरेली युवा अनिलले चलचित्र आयन्शRaa निर्माण गर्ने

पोखरा । पोखराका सफल युवा व्यवसायी अनिल खड्काले नेपाली कथानक चलचित्र निर्माण गर्ने भएका छन् । दिवस फिल्म प्रोडक्सनको ब्यानरमा सत्य कथामा आधारित नेपाली कथानक चलचित्र “आयन्शRaa +” बन्ने भएको हो ।

निर्माता अनिल खड्काको जीवन कथामा आधारित यस फिल्मको शुक्रवार संविधान दिवसको अवसर पारेर फस्ट लुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।

पोखरेली जीवन, ड्रग, पैसा, रोमान्स, पीडा र सङ्घर्ष को सम्मिश्रण रहेको “आयन्शRaa +” लाई दिनेश कुँवरले निर्देशन गर्ने भएका छन् भने अन्य कलाकारको टुङ्गो लागि सकेको छैन । समग्र पोखरालाई समेटेर दसैँ तिहार पछि छायाङ्कन गरिने बताइएको यस चलचित्रमा निर्माता अनिल खड्का एक्लैको लगानी रहने छ ।

दिवस फिल्म प्रोडक्सनले दुई साता अघि निर्माणको घोषणा गरेको फिल्म ज्ञान शास्त्रको धमाधम सुटिङ चलिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button