कर्णालीदेश/समाजसमाचार

बसको ठक्करबाट हर्कबहादुरकाे मृत्यु

कैलाली । कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

गौरीगङ्गा नगरपालिका-९ मसुरियामा सुपप्र ०१-००१ क २४६४ नम्बरको बसले ठक्कर दिँदा ८४ वर्षीय हर्कबहादुर बमको मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।

सोमबार साँझ सडकमा बाटो काट्ने क्रममा बमलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

उनको धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बस र चालक गौरीगङ्गा-९ का ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button