गण्डकीसमाचार

ट्रक दुर्घटना चालकको मृत्यु

गण्डकी खबर । सूर्यविनायक नगरपालिका-८ जगाती महेश्वरी पेट्रोल पम्प नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान करीब २ः१५ बजे अरनिको राजमार्ग खण्डमा ११ वटा भैंसी बोकेर आएको ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जगातीबाट सूर्यविनायकतर्फ जाँदै गर्दा ना६ख ३९८२ नंको ट्रक अनियन्त्रित भई दुर्घटना भएर पल्टिँदा ट्रक चालक वीरगञ्ज महानगरपालिका-१२ बस्ने ३० वर्षीय कैमोदिन अन्सारीको ट्रकको ढोकामा च्यापिएको अवस्थामा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट भक्तपुर पठाइएको उहाँले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button