गण्डकीसमाचार

कास्कीको मादी गाउँपालिकाका अधिकारी दुई सातादेखि बेपत्ता

गण्डकी खबर । कास्कीको मादी गाउँपालिका वडा नं ५, चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारी बेपत्ता भएका छन् ।

गत पुस ६ गते मर्निङ वाकमा निस्केका उनी हालसम्म घर नफर्केपछि परिवारजनले उनको खोजीका लागि सम्पूर्णमा अनुरोध गरेका छन् । बेपत्ता हुनु एक साताअघि उनको पायल्सको अप्रेसनसमेत गरिएको उनका भाइ नमराज अधिकारीले जानकारी दिनुभयो ।

खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरको समेत सहयोगमा मादी क्षेत्रमा खोजतलास गरिएको उहाँले बताउनुभयो । धनुवास मावि, मादी-७ छाचोकका पूर्वशिक्षक अधिकारीका श्रीमती र ३ छोरी छन् ।पोखरा न्यूज

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button