गण्डकीसमाचार

पोखरा ६ मा भारी वर्षाका कारण तीन घरमा क्षति

गण्डकी खबर । पोखरा महानगरपालिका वडा नं. ६ मा भारी वर्षाका कारण नहरमा आएको बाढी थुनिदा तीन घरमा क्षति पुगेको छ ।

बैदामको स्ट्रिट ३१ स्थित वसन्त बैठक नहर मार्गमा सिचाईको नहर थुनिदा स्थानीय विश्वेश्वर पौडेल र वासु पौडेलको ३ घरमा सामान्य क्षति पुगेको वडाध्यक्ष जगत पहारीले बताउनुभयो ।

बाटो निर्माणको क्रममा माटोले थुनिएको नहरमा भारी वर्षाका कारण आएको पानीको बहाव बस्तीमा छिर्दा विश्वेश्वर १ घर र वासुका दुई घरमा क्षति पुगेको वडाध्यक्ष पहारीले जानकारी दिनुभयो ।

अहिले डोजरको सहायताबाट नहरको पानीलाई बाटोमा खसालेर निकास दिइएको उहाँले बताउनुभयो ।

नहरबाट पसेको पानीका कारण घरको पर्खाल भत्किएको र ठाउँ ठाउँमा क्षय गराएको छ । बाढीका कारण अन्य क्षति भने हुन नपाएको वडाध्यक्ष पहारीले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button