गण्डकीसमाचार

कास्कीमा बाढी पहिरोले विभिन्न स्थानका ६ घर विस्थापित, भेडी गोठ र ४०० भेडा बगे

गण्डकी खबर। सोमबारदेखि लगातार परेको वर्षाका कारण कास्कीका विभिन्न स्थानका ६ घर परिवार विस्थापित भएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका-१० घान्द्रुकमा पहिरो खस्दा तथा मादी गाउँपालिका-७ मा मादी खोलाको पानीको बहाव बढ्न जाँदा ६ घर परिवार विस्थापित भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

त्यसै गरी मादीको होकु स्थित कपुजे खोला र नौलो खोलाको बहावले दुई वटा भेडी गोठ र अन्दाजी ४०० वटा भेडा बगाएको डिएसपी अर्यालले जानकारी दिनुभयो ।

डिएसपी अर्यालका उक्त स्थानहरूमा प्रहरी टोली खटिएर उद्धार कार्य गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button