गण्डकीसमाचार

रातभरि खोलामा फसेका सात जनाको उद्धार

गण्डकी खबर । लमजुङमा रातभरि खोलामा फसेका सात जनाको उद्धार गरिएको छ ।

मिदिम खोलाको बाढी बढेपछि रातभरि खोलामा फसेका मध्यनेपाल नगरपालिका—७ रातामाताका सात जनालाई आज दिउँसो डोजरको सहायताबाट उद्धार गरिएको हो ।

उद्धार गरिएकाहरुमा लक्ष्मी परियार, पुष्पा परियार, रतिमाया परियार, आइतबहादुर परियार, कृष्ण परियार, सन्दिप परियार र अर्जुन परियार रहेका छन् । मङ्गलबार दिउँसो खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि आउन नसकेर रातभर खोलाको बीचमै रोकिएका थिए ।

नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले भन्नुभयो, “खोलामा पानी घटेको छैन, खोलाको केही पानी अन्यत्र लगाएर डोजरमार्फत उद्धार ग¥यौँ ।” खोलाले सो क्षेत्रका खेतहरु धेरै बगाएको छ । नगरप्रमुख पाण्डेले नगरवासीलाई सुरक्षितसँग बस्न आग्रह गर्नभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button