गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ३३३ मा कोरोना संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा ६८ जना पुरुष तथा ५१ जना महिला गरी ११९ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १३४ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३३३ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ११९ सहित म्याग्दीका ४ जना, पर्वतका ५ जना, गोरखाका १६ जना, लमजुङका ७७ जना तनहुँका १० जना, बाग्लुङका ५२ जना स्याङ्जाका २५ जना र नवलपुरका २५ जना गरी प्रदेशका ९ जिल्लामा १८६ पुरुष तथा १४७ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ७६८ पुगेको छ। पछिल्लो २४ घण्टामा ५६६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ४५ हजार ९१२ पुगेको छ ।

गण्डकीमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ८६५ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button