गण्डकीसमाचार

उद्दार​को लागि पठाइएको हेलिकप्टर मनाङमा थन्काइयाे : मन्त्री मनाङे

गण्डकी खबर । बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकनका लागि गण्डकी प्रदेशका मुख्यमन्त्रीकाे टाेली लिएर मनाङ पुगेकाे सेनाकाे हेलिकोप्टर थन्क्याएर राखि‍एकाे भन्दै मन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले आपत्ति जनाउनुभएकाे छ ।

आज पाेखराबाट मुख्यमन्त्रीकाे टाेलीलाई लिएर गएकाे साे हेलिकप्टर सर्वसाधरणकाे उद्दारमा लगाइएकाे थियाे ।

गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलसहितकाे टाेली आज मनाङ गएकाे हाे ।

टाेलीमा मन्त्री मनाङे पनि सामेल हुनुहुन्छ । उहाँ हिमाल पारीको जिल्ला मनाङबाट गत निर्वाचनमा स्वतन्त्र प्रदेश सभा सदस्यका रुपमा निर्वाचित हुनुभएकाे हाे ।

जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोले क्षति गरेपछि अवलोकनका लागि प्रदेशका मुख्यमन्त्री पाेखरेलसहित मनाङ गएको टाेली अहिले चामेमा रहेकाे छ ।

बाढी पहिराेमा परेका सर्वसाधरणकाे लागि उद्दार गरिनु पर्ने हेलिकप्टर निरिक्षणका लागि प्रयाेग गरिएकाे भन्दै सामाजिक संजालहरुमा आलाेचना समेत भएकाे छ ।

मुख्यमन्त्रीकाे टाेलीलाई अर्काे हेलिकप्टर मार्फत पाेखरा ल्याइने बताइएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button