गण्डकीसमाचार

कास्कीमा चितुवाको आक्रमणबाट २ घाइते, प्रतिकारमा चितुवा मर्‍यो

गण्डकी खबर । कास्कीमा शुक्रवार चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

रुपा गाउँपालिका ७ धारा पानीमा चितुवाले आक्रमण गर्दा ३४ वर्षीय तुल बहादुर गुरुङ र ३२ वर्षीय मिलन गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्रवार बिहान ८ बजे बारीमा घाँस काट्न जाँदा क्रममा अचानक चितुवादेखि भाग्ने क्रममा पछाडिबाट आक्रमण गर्दा तुल बहादुर घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

डिएसपी अर्यालका अनुसार बाघले तुल बहादुरलाई घाइते बनाएपछि स्थानीयले प्रतिकार गर्दा चितुवाको आक्रमणबाट अर्का युवक मिलन घाइते भएका छन् ।

घाइते दुवै जनालाई उपचारको लागी भिरचोक स्वास्थ्य चौकी पठाइएको डिएसपी अर्यालले जनाउनुभयो ।
स्थानीयले प्रतिकार गर्ने क्रममा चितुवाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button