गण्डकीसमाचार

स्याङ्जाको राङकोषमा खोलाले बगाउँदा एक पुरुषको मृत्यु

गण्डकी खबर । स्याङ्जामा खोलाले बगाउँदा एक पुरुषको ज्यान गएको छ ।

खोलाले बगाएर स्याङ्जा पुतलीबजार नगरपालिका -४ राङकोषका ४५ वर्षीय मन बहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार अन्दाजी २:३० बजेको समयमा आधिखोला तर्ने क्रममा अचानक खोलाले बगाएका थापा मृत भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button