गण्डकीसमाचार

पाेखरामा अवैध रुपमा सेतीबाट बालुवा लाेड गर्ने जेसिबी, टिप्पर र ट्याक्टर पक्राउ

गण्डकी खबर । पाेखरामा अवैध रुपमा नदीबाट बालुवा लैजान लागेकाे अवस्थामा जेसिबी, टिप्पर र ट्याक्टर प्रहरीले पक्राउ गरेकाे छ ।

बेलुकाकाे समयमा पाेखरा महानगरपालिका १० स्थित सेती नदीकाे रामघाटबाट अवैधरुपमा जेसिबी चलाएर बालुबा लाेड गरिरहेकाे अवस्थामा प्रहरीले जेसिबी-१, टिप्पर-३, र ट्याक्टर-१ गरी जम्मा ५ वटा सवारी साधन नियन्त्रणमा लिएकाे जनाएकाे छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट गएको प्रहरी टोलीले असार ३ गते बेलुका साढे ७ बजेका समयमा ती साधन पक्राउ गरी पाेखरा महानगरपालिकामा कानुन वमाेजिम कारवाहीका लागि पठाएकाे जनाएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button