गण्डकी खबर । गण्डकी प्रदेशका मन्त्री राजिब गुरुङ दीपक मनाङेले नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पछिल्लाे राजनीतिक घटनाक्रम बारे वृहत छलफल गर्नुभएकाे बताउनु भएकाेछ ।
मनाङ जिल्लाबाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्य मनाङेले आज पूर्वप्रधानमन्त्री प्रचण्डसँगकाे तस्वीरहरु सामाजिक संजालमा शेयर गर्दृै वृहत छलफल भएकाे उल्लेख गर्नुभएकाे हाे ।
उहाँले तस्वीर सार्वजनिक गर्दै सामाजिक संजालमा यस्ताे लेख्नुभएकाे छः नेकपा माओवादीका अध्यक्ष कमरेड प्रचण्ड ज्यु संग पछिल्लो राजनैतिक घटनाक्रमबारे बृहत छलफल भयो ।