गण्डकीसमाचार

कास्कीमा निषेधाज्ञा थप,निजी सवारी जोर बिजोर चल्ने, यी पसलहरु १२ बजेसम्म खुल्ने

गण्डकी खबर । कास्की जिल्लामा एक साता निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको आजको बैठकले उक्त निर्णय गरेको हो ।

कास्की जिल्लामा वैशाख १५ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । सङ्क्रमण दर बढ्दै गएपछि असार ७ गतेसम्म लागु गरिएको निषेधाज्ञामा पुनः समय थप गरि असार १५ गतेसम्म थप भएको हो ।

यसअघि थपिएको निषेधाज्ञा असार ७ गते सकिँदै छ । यद्यपि निषेधाज्ञालाई खुकुलो भने पारिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार निषेधाज्ञामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरी सञ्चालन गर्न दिइने भएको छ । निजी सवारी साधनहरू ट्याक्सी र मोटरसाइकल र स्कुटर जोर बिजोर प्रणाली लागु गरी चल्न दिइने कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतमले बताउनुभयो । त्यस्तै पसलहरूलाई बिहान ५ बजेदेखि दिउसाे १२ बजेसम्म  सञ्चालन गर्न दिइने निर्णय भएको पनि उहाँले बताउनुभयो ।

त्यस्तै खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री बिक्री वितरण गर्ने पसलहरू तथा डिपार्टमेन्टल स्टोरग्रोसरी, पुस्तक पसलरस्टेशनरी पसल दैनिक ११ बजेसम्म खोल्न दिइनेछ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button