गण्डकीसमाचार

तनहुँमा पहिरोमा पुरिएर एक बेपत्ता

गण्डकी खबर । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् ।

ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए।

श्रेष्ठका अनसार आज बिहान ५ः३० बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरा खस्दा पुरेको हो । “श्रृङ्गपथ तलबाट पहिरो खसेको छ”, उनले भने ।

बेपत्ताको स्थानीयवासीले खोजी कार्य गरिरहेका छन् । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button