गण्डकीसमाचार

तनहुँमा पहिरोले पुरिएर एक महिलाको मृत्यु, खोलाले बगाएर एक बेपत्ता

गण्डकी खबर । तनहुँको ऋषिङ गाउँपालिका–७ डढीवनमा पहिराले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराले पुरिएर आज बिहान ती महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अन्दाजी ५२ वर्षीया देवीसरा थापा रहेको वडा सदस्य याम सारु मगरले जानकारी दिनुभयो ।

घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएर उहाँको मृत्यु भएको हो । मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल हुनुभएको छ ।

“घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गड्यो, चप्पल टिप्न खोज्दा पहिराले पु¥यो,” उहाँले भन्नुभयो, “मृतकको शव निकाल्न सकिएको छैन ।”

पहिराले पुरिएर आज नै ऋषिङ गाउँपालिका–८ स्थित माझकोटका करीब ४० वर्षीय खुमबहादुर थापा बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी छ ।

पहिराले डढीवनमा तीन घर क्षतिग्रस्त भएको र थुप्रै घर जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी

कोटदरवार उपशाखाका सभापति ईन्द्र आलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ऋषिङ–५ राम्जाकोटमा एक घर क्षतिग्रस्त र दुई घर जोखिममा परेको भने ऋषिङ–६ मा दुई घर र केही गोठ जोखिममा छन् ।

त्यस्तै ऋषिङ–४ का वडा सदस्य टोलनाथ थापाको घर र पद्मयोति विद्यालय भवन जोखिममा परेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले वर्षासँगै आएको पहिराले

गाउँपालिकाभित्रका थुप्रै ठाउँमा पहिरा गएका छन् भने बाटो अवरुद्ध भएका छन् ।

खोलाले बगाएर बेपत्ता

तनहुँको म्याग्दे गाउँपालिका–४ मा खोलाले बगाएर आज एक जना बेपत्ता भएका छन् । सोही ठाउँका अन्दाजी ४० वर्षीय मैत नेपालीको खोलाले बगाएर बेपत्ता भएका छन् ।

म्याग्दे खोला तर्ने क्रममा नेपालीलाई बगाएको स्थानीयवासी नुत्त भुजेलले जानकारी दिनुभयो ।

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बढेको खोलाले बगाएका नेपालीको खोजीकार्य जारी रहेको उहाँले बताउनुभयो ।

“प्रहरी र स्थानीयवासीले उहाँको खोजी शुरु गरेको छ,” भुजेलले भन्नुभयो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button