गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीमा ४१ जना पुरुष तथा ४५ जना महिला गरी ८६ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १४१ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप
२६९ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका ८६ सहित म्याग्दीका ११ जना, पर्वतका ५ जना, गाेरखाका ३३ जना, लमजुङका ३२ जना,
तनहुँका ९ जना, स्याङ्जाका ४५ जना र नवलपुरका ४८ जना गरी प्रदेशका ८ जिल्लामा १३४ पुरुष तथा १३५ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५८ हजार ३४८ पुगेको छ। पछिल्लो २४
घण्टामा ३५२ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५४ हजार २०४ पुगेको छ ।
गण्डकीमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९८१ पुगेको छ।