गण्डकीसमाचार

पोखरामा प्रहरीलाई घुस दिन खाेज्ने एक युवक पक्राउ

गण्डकी खबर । पोखराको छोरेपाटनमा रहेको प्रहरीले चेकप्वाइन्टमा आज दिउसो सवारी साधन चेक गर्ने क्रममा घुस दिन खोज्ने युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार पोखराबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख

२९३ नम्बरको बसका सहचालकले घुस दिन खोज्दा चेकजाँचमा खटिएको प्रहरी टोलीले अस्वीकार गरेको थियो ।

बसका सहचालक स्याङ्जा फेदीखोला २ का ३५ वर्षीय मुक्तिराम पौडेलले मिलौं भन्दै नगद ५०० दिन

खोज्दा अस्वीकार गरेका प्रहरीमाथि अभद्र व्यवहार गरेकोले नियन्त्रणमा लिइएको बताइएको छ ।

नियन्त्रणमा लिइएका पौडेललाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुर

अन्तरगत अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button