गण्डकीसमाचार

पोखरामा टिप्परको ठक्करबाट एक महिलाकाे मृत्यु

गण्डकी खबर । पोखरामा टिप्परले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका ५ गणतन्त्रचोकमा बिहीबार ग १ ख ९७०३ नम्बरको टिप्परले स्याङ्जाकाे

बिरुवा गाँउपालिका ४ घर भइ हाल पोखरा १७ बिरौटा बस्ने ४० वर्षीया रीता केसीलाई ठक्कर दिएको थियो ।

पैदलयात्रा गरिरहेकाे बेला टिप्परको ठक्करबाट घाइते भएकी केसीको उपचारका लागि अस्पताल पठाइएकोमा उपचारका क्रममा आज बिहान साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बिकले जानकारी दिनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button