गण्डकीसमाचार

बाढीपहिरापीडितलाई मनाङ मस्र्याङ्दी क्लबद्वारा राहत वितरण

गण्डकी खबर ।मनाङ मस्र्याङ्दी क्लबले यहाँका बाढीपहिरापीडितलाई राहत सामग्री वितरण गरेको छ ।

फुटबल र सामाजिक कार्यमा संलग्न क्लबले जिल्लाका बाढीपहिरापीडितलाई राहत सामग्री वितरण गरेको हो ।

आज ङिस्याङ गाउँपालिका वडा नं ४ हुम्डे, वडा नं ९ खाङ्सार र वडा नं ८ टङ्कीका बाढीपीडितलाई त्रिपाल औषधि, खाद्य सामग्री वितरण गरिएको छ ।

पीडित परिवारलाई क्लबका पदाधिकारीलगायतको उपस्थितिमा राहत वितरण गरिएको हो ।

क्लबले शुक्रबार पनि सोही गाउँपालिकाका वडा नं १ पिसाङ, वडा नं २ घ्यारु र वडा नं ३ ङावलमा राहत वितरण गरिएको जनाएको छ ।

ङिस्याङ मनाङ महिला सोसाइटीको सहयोगमा क्लबले राहत वितरण गरेको हो । बाढीपहिराका कारण यातायात नचल्दा क्लबले हेलिकप्टर चार्टर गरेर राहत ल्याएको हो ।

क्लबले पछिल्लो समय खेलकूदसँगै सामाजिक कार्य गर्दै आइरहेको छ । क्लबले यसअघि कोरोना प्रभावितलाई निःशुल्क खाना वितरण गरेको थियो ।

बाढीपहिराबाट हिमाली जिल्ला मनाङमा ६५६ घरपरिवार विस्थापित भएका छन् । विनाशकारी

बाढीपहिराले जिल्लाका घर, सडक, चैत्य, गुम्बा, पुललगायत संरचनामा क्षति पु¥याएको छ ।

यही असार १ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीले करोडौँको भौतिक क्षति पु¥याएपछि यतिबेला मनाङवासी पीडामा छन् ।

मस्र्याङ्दी नदीलगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको हो ।

जिल्लाका चार स्थानीय तह नै बाढीपहिराबाट पूर्णरुपमा प्रभावित भएका छन् । नासोँ, चामे र ङिस्याङ

गाउँपालिका बाढीपहिराबाट क्षतिग्रस्त भएका छन् भने नार्पाभूमि गाउँपालिका पहिराबाट प्रभावित बनेको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button