गण्डकीसमाचार

गोरखामा नेपाली सेनाको हेलिकप्टरबाट चामल पुर्याइयो

गण्डकी खबर । सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पुर्याइएको छ ।

बाढीपहिराका कारण सदरमुकामसम्म जोडिने सडक तथा पैदल मार्ग समेत अबरुद्ध भएपछि ती क्षेत्रमा खाद्यन्न लगिइएको हो ।

खाद्य तथा ब्यापार कम्पनी लिमिटेडले नेपाली सेनाको हेलिकप्टर मार्फत् चामल ढुवानी गरेको लिमिटेडका सूचना अधिकारी शिव सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुदानका चामल सिर्दिबास पुर्याइएको हो ।

प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलको समन्वयमा दुई दिन लगाएर शनिबार साँझसम्ममा चामल सिर्दिबास डिपोमा पुर्याइएको उहाँले बताउनुभयो ।

जिल्लाको चुमनुव्री गाउँपालिका क्षेत्रमा पर्ने सिर्दिबास डिपोबाट सर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक र ल्हो क्षेत्रका बासन्दिलाई सहुलियतमा चामल उपलब्ध गराउदै आएको छ ।

“बाढीपहिरोले सडक मार्ग मात्र होइन खच्चड हिड्न सक्ने समेत बाटो नभएपछि जिल्ला प्रशासन

कार्यालयका पहलमा सेनाको हेलिकप्टर मगाएर दुई दिन गरेर चामल पठाइएको छ ”, सूचना अधिकारी

सुनारले भन्नुभयो, “मौसम खराबीका कारण भनेको समयमा हेलिकप्टर आउन नसक्दा असार २३ गतेपछि

दोस्रो पटक शनिबार थप चामल सिर्दिबास पुर्याउन सम्भव भएको हो ।”

पहिलो पटक ८५ क्विन्टल र दोस्रो पटक ६५ क्विन्टल चामल डिपोमा पुर्याएर सुरक्षित भण्डारण गरिएको उहाँले बताउनुभयो ।

कम्पनीले यस बर्ष सिर्दिबास डिपोमा ३ हजार ५०० क्विन्टल चामल ढुवानी गनुपर्नेमा गत जेठको अन्तिम सातादेखि नै अबिरल बर्षा शुरु भएपछि चामल लैजान सकेको थिएन् ।

हेलिकप्टर मार्फत डिपोमा पुर्याइएको चामल अरुवा मन्सुलीप्रति किलो ५० रुपैयाँ ३० पैसामा बिक्री गर्ने सिर्दीबास डिपोले जनाएको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button