गण्डकीसमाचार

६ महिनाभित्र गण्डकीका सबै नागरिकलाई पूर्ण खोप !: मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल

गण्डकी खबर । गण्डकी प्रदेश सरकारले आउँदो ६ महिनाभित्र प्रदेशका सबै नागरिकलाई कोरोना विरुद्धको पूर्ण खोप उपलब्ध गराउने भएको छ ।

आज बिहान प्रदेशको वर्तमान आर्थिक स्थिति सम्बन्धमा श्वेतपत्र जारी गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली

पोखरलेले खोप उपलब्ध गराउन सरकारको प्रयत्न रहने भन्दै प्रदेशबासीलाई आश्वस्त पार्नुभएकाे छ ।

सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी समेत आँफै सम्हालिरहनु भएका मुख्यमन्त्री पोखरेलले आगामी ६

महिनाभित्र प्रदेशबासीलाई कोरोना विरुद्धको पूर्ण खोप लगाउने बारे ठोस योजनाबारे भने थप प्रकाश पार्नुभएको छैन ।

तर प्रदेश सरकारले कोभिड–१९ को सम्भाव्य जोखिमबाट प्रदेशवासीलाई सुरक्षित राख्नको लागि

विद्यमान स्वास्थ्य प्रणालीमा आवश्यक सुधार गर्ने बताउनु भएको छ ।

उहाँ भन्नु हुन्छ, “विद्यमान कमी कमजोरीको आंकलन गरी कोभिड–१९ को तेस्रो लहरसँग जुध्ने तयारी यो सरकारले आरम्भ गरी सकेको छ ।

कोभिड–१९ का कारण सिर्जना भएका अन्य स्वास्थ्य समस्यालाई समेत समयमा नै सम्बोधन गर्नका लागि यो सरकार क्रियाशील रहने छ ।”

अस्पताल तथा स्वास्थ्य संस्थाको स्तरोन्नति र दक्ष जनशक्तिको व्यवस्था गरी स्वास्थ्य सेवा प्रवाहलाई

प्रभावकारी बनाउनु आवश्यक रहेको भन्दै उहाँले कोरोना महामारीबाट प्रभावित आम जनसमुदाय,

कृषक, उद्यमी तथा व्यवसायीलाई राहत प्रदान गर्न र प्रदेश अर्थतन्त्रको पुनरुत्थान गर्न सरकारका आगामी कदम केन्द्रित हुनु पर्ने जनाउनु भएको छ ।

यस अघि सरकारले प्रदेशमा ‘एक व्यक्ति दुई खोप’ अभियान सञ्चालन गर्ने बताइसकेको छ । यसका

लागि कोरोना विरुद्धकाे खोप खरिदका लागि सङ्घीय सरकारसँग समन्वय गर्ने योजना रहेको प्रदेश

सरकारका प्रवक्ता तथा मन्त्री कुमार खड्काले बताउनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button