गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ४१० मा संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा १२५ जना पुरुष तथा ८९ जना महिला गरी २१४ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १५३ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप

४१० जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका २१४ सहित म्याग्दीका ४ जना, पर्वतका २९ जना, गाेरखाका १० जना, लमजुङका १५ जना,

तनहुँका ११ जना, बाग्लुङका ११९ जना, स्याङ्जाका ४ जना र नवलपुरका ४ जना गरी प्रदेशका ९

जिल्लामा २३१ पुरुष तथा १७९ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५९ हजार १६४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३०० जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५५ हजार २७२ पुगेको छ ।

गण्डकीमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button