गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीमा ५४ जना पुरुष तथा ५८ जना महिला गरी ११२ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १५० जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप
२७७ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका ११२ सहित म्याग्दीका ४२६ जना, पर्वतका १७ जना, गाेरखाका ३१ जना, तनहुँका २२ जना,
बाग्लुङका १९ जना, स्याङ्जाका १८ जना र नवलपुरका ३२ जना गरी प्रदेशका ८ जिल्लामा १४४ पुरुष तथा १३३ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५९ हजार ४४१ पुगेको छ। पछिल्लो २४
घण्टामा ४२६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५५ हजार ६९८ पुगेको छ ।
गण्डकीमा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका
कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २ पुगेको छ।