गण्डकीसमाचार

‘जडीबुटीको व्यवस्थापन र उपयोग गरौँ’

गण्डकी खबर । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारीले जडीबुटीको व्यवस्थापन र उपयोग हुनुपर्नेमा जोड दिनुभएको छ ।

गण्डकी आयुर्वेद औषधालयद्वारा आज यहाँ आयोजित वार्षिक समीक्षा कार्यक्रममा उहाँले प्राकृतिक उपचार प्रणालीको विकास तथा विस्तार गर्नुपर्ने बताउनुभयो ।

प्रदेशको माथिल्लो भेगका जिल्लामा पाइने जडीबुटीको प्रवद्र्धनबाट प्रदेशमा आयुर्वेद पर्यटनको समेत विकास गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले सीमित स्रोतसाधनका बीचमा पनि गण्डकी आयुर्वेद औषधालयले प्रगति गरेको बताउनुभयो ।

औषधालयका प्रमुख डा कुमार कासुलाले आयुर्वेद क्षेत्रका रणनीतिक तहगत समस्याको पहिचान भएको

र यसको निराकरण हुने अपेक्षा गरिएको बताउँदै जडीबुटीको संरक्षण र उपयोग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उक्त अवसरमा औषधालयले तयार गरेको प्रदेश भित्रका आयुर्वेदिक विषय जानकारी समेटिएकोे डायरी विमोचन गरिएको थियो ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button